रातो सारीमा सजिएर, हरियो चुरा बजाउँदै… आज चेलीहरू नाचे होलान्, माइतीको आँगन सम्झँदै… तर म… आज पनि सीमामा छु, देशको माटो सम्हाल्दै छु। म चेली हुँ… तर देशकी सिपाही पनि हुँ। म छोरी हुँ… तर मातृभूमिको पहरेदार पनि हुँ। माइतीको माया मुटुभरि, नेपालको माटो शिरभरि… मेरो नेपाल! मेरो नेपाल! मेरो शान… मेरो नेपाल!


